हवाई भाडा घट्यो, अव कुन ठाउँको कति शुल्क ?(सूचिसहित)


काठमाडौं । आन्तरिक वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ । मंगलबारबाट लागू हुने गरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै वायु सेवा सञ्चालक सँघले उडानको भाडा पनि घटाएको हो ।
संघका अनुसार काठमाडौंबाट भद्रपुरसको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ रुपैयाँ घटेको छ । यसैगरी जनकपुरकको भाडा १३० रुपैयाँ र भरतपुरको १०५ रुपैयाँले घटेको छ । यता पोखराको १५५ रुपैयाँ हवाई भाडा घटेको छ । सबैभन्दा बढी भाडा काठमाडौंबाट धनगढीको उडानका लागि घटेको छ । यो रुटको भाडा ४४० रुपैयाँ भाडा घटेको हो ।
यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३ सय रुपैयाँ भाडा घटेको छ ।
साविकको १ सय ७० रुपैयाँ प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाको हवाई भाडा अर्न्तगत फ्युल सरचार्ज ५.९ प्रतिशले घटेको हो । नयाँ अनुमोदन भएको फ्युल सरचार्जबारे प्राधिकरणले मंगलबार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलायन्स, यति, समिट एयर, तारा एयर, सीता एयरलायन्स र सौर्य एयरलायन्सलाई कार्यान्वयनका लागि पठाएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...