‘मोर्चा बनाएर सरकारको नेतृत्व गर्न अप्ठ्यारो छ’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको सहकारी तथा गरीवी निवारण विभागले आयोजना गरेको सहकारीकर्मीको पहिलो भेलालाई सम्बोधन गर्दै अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ । सजिलो छैन । अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ । यसलाई पार लाउन सहज छैन । राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन । मोर्चा गरेर नेतृत्व गरेका छौँ । सजिलो छैन । अप्ठ्यारो छ । तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ ।’
एक–दुई दिनमा सरकारले शतप्रतिशत पूर्णता पाउने र जनताले राहत महसुस गर्ने गरी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उनको भनाइ छ । सरकारको ध्यान पूर्णरुपमा नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए । त्यसकै लागि आज सिंहदरबारमा छलफल समेत राखेको उनले बताए ।
अर्को प्रसंगमा उनले सहकारी आन्दोलनलाई पुँजीवादीकरण हुनबाट जोगाउनुपर्ने बताए । सहकारीलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित तुल्याउनुपर्ने उनको भनाइ छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...