उपेन्द्र यादवलाई लक्षित गर्दै अध्यक्ष ओली भने : ‘मधेसका मसिहाले जनता ठग्ने बाहेक केही गरेनन्’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जसपाका अध्यक्ष उपेन्द्र यादवलाई देश लुट्न बनेको दश दलीय गठबन्धनको सदस्य भएको बताएका छन् । एमालेको चुनावी अभियान सुरु गर्न गढीमाइ पुगेको ओलीले अफ्ठ्यारोमा साथ दिँदासमेत धोका दिएको बताएका हुन् ।
उनले भने, अस्ति उहाँलाई आपत् परेको बेलामा । कांग्रेस, माओवादीले छाडेको बेलामा एमालेले आउ मिलेर जाऔं साथ छ भन्नेर लिएर हिँड्यो । माथि पुगेपछि उहाँको भूमिका त बेग्लेबेग्लै देखिन थाल्यो । उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो त्यहाँबाट उखेल्लिएपछि सुनसरीबाट लड्नुभयो । त्यहाँबाट सप्तरी आउनुभएको थियो त्यहाँ पनि जरा टक्टकाएपछि सबैभन्दा लाटासोझा जनता यहाँ छन् भनेर बारा आएका छन् । उहाँले जितेपछि फुलमाल अबिर लगाउनुबाहेक गर्नु के हुन्छ रु मन्त्री खानुहोला त्यो भन्दा बढी के गर्नुहुन्छ रु विकास गर्नुहुन्छ रु उहाँबाट विकास हुन्छ रु मधेसका मसिहा त धेरै देखिए तर मधेसका कुनै पनि मसिहाले मधेसका जनता ठग्ने बाहेक केही गरेनन्’,
उनले मधेशको विकास गर्ने उपेन्द्र नभएर एमालेले मात्रै सक्ने भएकाले भ्रममा नपर्ने आग्रह गरेका छन् । एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने अध्यक्ष ओलीको भनाई थियो । ओलीले मधेसमा हुलाकी राजमार्ग कसले बनायो भन्दै प्रश्न समेत गरेका छन् । अध्यक्ष ओलीले सबल र बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेलाई साथ दिन बारा २ का मतदातालाई आग्रह गर्दै एमाले आउँदा सेल्फी खिच्न नभई बाटो बनाउन, घर बनाउन र सिँचाइ गर्न आउने गरेको बताएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...