उपनिर्वाचन बन्दैछ महानिर्वाचन, तनहुँमा कांग्रेस, एमाले र रास्वपामा को बलियो ?
काठमाडौं । वैशाख १० मा हुने उपनिर्वाचनका लागि कुल ३ लाख ५३ हजार ५ सय ४८ जनाले मतदान गर्न पाउने भए पनि उपनिर्वाचनको चर्चा भने देशैभर शुरु भएको छ । मंसिरको आमनिर्वाचनमा हारेका उम्मेदवारले हारको पिडा बिर्सन उपनिर्वाचन रोजेका छन् । वैशाख १० मा हुने उपनिर्वाचन जित्ने हो भने उनीहरुले अघिल्लोपल्ट हारेको अर्को प्रतिस्पर्धीलाई हराउनुपर्ने छ ।
तनहुँमा सोमबार मनोनयन दर्ता भएको छ । तनहुँ–१ मा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । जहाँबाट यसअघि जित्दै आएका रामचन्द्र पौडेल भर्खरै राष्ट्रपति बनेका छन् । एक लाख २३ हजार ३०५ जना मतदाता रहेको तनहुँमा नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । उनीसँग लड्नका लागि एमालेले सर्वेन्द्र खनाल पठाएको छ भने यिनै दुई उम्मेदवारको बीचमा कांग्रेस छाडेर अर्थविद स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोचक प्रवेश गरेका छन् ।
त्यस्तै उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्नेमध्ये एक जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।
मंसिरको चुनावमा तनहुँ १ बाट रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याउँदा एमालेका एकबहादुर राना मगरले १९ हजार ९८१ पाएका थिए । कांग्रेसका बागी गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ४४ मत पाएको थियो । गोविन्दराज जोशीको पक्षमा झरेको ८ हजार, घण्टीको ६ हजार, रामचन्द्रको पक्षको केही हजार र एमालेको पनि केही मत तान्न सफल भएमा स्वर्णिम वाग्ले कांग्रेस र एमाले दुबैका लागि चुनौती बन्ने देखिन्छ ।
यसअघि कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी कांग्रेसकै तर्फबाट आयोगमा गए पनि पछिल्लो समयमा सभापति शेरबहादुर देउवाको हेपाइका कारण बस्न नसकेको जिकिर गर्दै पार्टी परित्याग गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ मा उम्मेदवार बन्न प्रस्ताव गरिसकेको छ । वाग्लेको प्रवेशकै कारण अब तनहुँ १ को उपनिर्वाचन पनि रोचक मोडमा पुग्ने पक्कापक्की भएको छ ।
पछिल्लो राजनीतिक समीकरणले सत्तारुढ गठबन्धनको समर्थन कांग्रेसका भट्टराईलाई पर्ने निश्चित नै छ । त्यसबाहेक त्यो क्षेत्रमा यसअघि कांग्रेस नै बलियो रहेकोले पनि भट्टराईलाई केही सहज हुने अनुमान गर्न सकिन्छ । तर, त्यो मात्रै काफि नहुन सक्छ । किनकी पछिल्लो समय रास्वपाप्रतिको जनताको बुझाईसँगै कांग्रेस छाडेर हालै मात्र प्रवेश गरेका वाग्लेका कारण पनि तनहुँले चर्चा बटुलेको छ । राजनीतिक विश्लेषक इश्वरचन्द्र वाग्ले कांग्रेसले अरुको तुलनामा उपयुक्त उम्मेदवार चयन गरेकोले केही सहज रहेको बताउँछन्। राष्ट्रिय स्वतन्त्र पार्टीले केही युवामत तान्न सक्ने सम्भावना रहे पनि त्यो आकार निकै नै कम हुने उनको बुझाई छ ।
पूर्व प्रहरी प्रमुख समेत रहेका खनाल गत असोज ४ गते एमालेमा प्रवेश गरेका थिए । प्रहरी प्रमुखबाट अवकाशपछि एमाले निकट भएर काम गरिरहेका खनाल पार्टी प्रवेश गरेर राजनीतिमा होमिएका हुन् । दुई क्षेत्र रहेको तनहूँमा खनालको स्थायी घर क्षेत्र नं १ मा पर्छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...