एउटै परीक्षा केन्द्रमा भेटिए ५२ जना नक्कली परिक्षार्थी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मोरङमा एसईईको एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार ठूलो संख्यामा नक्कली परिक्षार्थी भेटिएपछि प्रहरी र शिक्षा विकास समन्वय इकाइका अधिकारीहरुसहितको टोली परीक्षा केन्द्रमा पुगेर अनुसन्धान थालेको छ । सो परीक्षा केन्द्रमा ८ वटा विद्यालयको परीक्ष केन्द्र रहेको जनाइएको छ । विद्यालयका ११ वटा कोठा मध्ये ७ वटा कोठामा नक्कली परिक्षार्थी फेला परेकले केन्द्र नै सेटिङमा चलेको आशंका प्रहरीले गरेको छ ।

प्रवेशपत्रको फोटोमा शंका लागेर केरकार गर्ने क्रममा यति ठूलो संख्यामा नक्कली परीक्षार्थी फेला परेका हुन । यस्तै, मोरङकै केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २० जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.