‘राष्ट्रको संमृद्धिका लागि खेल आवश्यक छ’ : अध्यक्ष ओली
बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संमृद्धिका लागि खेल आवश्यक रहेको बताएका छन् । लुम्बिनीमा बिहीबार आयोजित मदन भण्डारी स्पोर्टस् एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधनमा अध्यक्ष ओलीले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको भन्दै अब संमृद्धिका लागि पनि खेल आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिस्पर्धी बनाउँछ । प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउँछ । यसैले खेल व्यक्ति व्यक्तिले खेल्न र स्वस्थ प्रतिस्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ । खेलेर पनि संमृद्ध बन्न सकिन्छ भन्ने बनाउनुपर्छ ।’ खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वास्थ बनाउने मात्र होइन, असल राजनीतिक संस्कार सिकाउने बताएका छन् ।
ओलीले खेल सम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताए । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको भन्दै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनु पर्ने बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...