‘मुलुकको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा छैन, तर सतर्कता अपनाउनु पर्छ’ : अर्थमन्त्री महत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा उनले विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको बताएका हुन् ।

मुलुकको अर्थतन्त्र आत्ती हाल्नुपर्ने अवस्थामा नरहेको उनको भनाई रहेको छ । अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ । अनावश्यक खर्च कम गर्ने र पुँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।’

अर्थमन्त्री डा. महतले अनावश्यक खर्च कम गर्ने र पुँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे । उनले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैध रूपमा मोबाइल फोन भित्रिँदा रु ३० देखि ३५ अर्ब राजस्व गुमेको उनको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.