४ डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक डीआईजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ४ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले गरेको सिफारिस अनुसार डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको ती मन्त्रीले जानकारी दिए । चैत १३ गते चारै जना डीआइजीलाई एआईजीमा बढ्वा गर्न समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

यही १३ चैतमा गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । यसअघि गत १४ असारमा डीआईजीमा बढुवा हुँदाको वरीयताअनुसार नै एआईजी बढुवा सिफारिस गरिएको थियो । असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.