‘अर्थतन्त्र सुधार गर्ने राष्ट्र बैंकको सहयोग आवश्यक छ’ : अर्थमन्त्री महत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्रमा सुधार ल्याउन नेपाल राष्ट्र बैंकका गभर्नरले भूमिका खेल्नुपर्ने बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्रीले राष्ट्र बैंकले सहयोग गरेमा सजिलै निजी क्षेत्रको मनोबल फर्काउन सकिने बताएका हुन् ।

उनले भने, ‘अहिले देशको अर्थतन्त्र समस्यामा छ । निजी क्षेत्रको मनोबल वृद्धि गर्न आवश्यक रहेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले पनि भूमिका खेल्नु पर्ने हुन्छ । हाम्रो राष्ट्र बैंकसँग पनि निरन्तर कुराकानी भइरहेको छ । राष्ट्र बैंकले सहयोग गरेमा सजिलै निजी क्षेत्रको मनोबल फर्काउन सकिन्छ । अहिले कुनै पार्टी वा अन्य कुरा भुलेर अर्थतन्त्र ट्रयाकमा ल्याउन आवश्यक छ । बरु त्यो जस मलाई चाहिदैन । अर्थतन्त्र लयमा ल्याएको जस राष्ट्र बैंकलाई पनि जान्छ ।’

पनि अहिले देशको अर्थतन्त्र समस्या रहेको बताए भन्दै अब जसरी भएपनि सुधार गर्नुपर्नेमा उनको जोड थियो । अर्थमन्त्री महतले पार्टी अथवा संघसस्थाको सल्लाह सुझावले अर्थतन्त्र ट्रयाकमा ल्याउन आवश्यक रहेको बताएका हुन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.