नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गराउन बालकृष्ण खाँणको माग

स्टार संवाददाता
स्टार संवाददाता

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

आइतबार जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरेका हुन् ।

साथै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता प्रक्रियासमेत अघि बढाउनु पर्ने उनको भनाइ छ । खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने समेत बताएका छन् ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.