तारानाथ काफ्लेद्वारा लिखित ‘अतीतका पानाहरू’ नामक पुस्तक लोकार्पण

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । तारानाथ काफ्लेद्वारा लिखित ‘अतीतका पानाहरू’ नामक पुस्तक लोकार्पण  गरिएको छ ।  भक्तपुरको गठाघरस्थित एक होटेलमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तकको  लोकार्पण  गरिएको  हो । 

तारानाथ काफ्लेको स्वर्गीय आमा कोमलदेवि काफ्लेमा समर्पित ‘अतीतका पानाहरू’  बाग्मती  प्रदेश सभा  सदस्य कुन्दन राज काफ्लेद्वारा  लोकार्पण  गरीएको हो । उक्त पुस्तको सम्पादक अजिता काफ्लेले गरेकी छन् भने व्यवस्थापन विश्वेश्वर प्रसाद काफ्ले गरेका हुन् ।  पुस्तकमा लेखकको आफ्नो जीवन र जीवनका  अनुभवहरूलाई संग्रहसहित गरेर पुस्तक प्रकाशन गरिएको छ ।

 कार्यक्रममा  बाग्मती  प्रदेश सभा  सदस्य कुन्दनराज काफ्लेले  जीवन र जीवनका अनुभवलाई  पुस्तकमा प्रकाशन गर्न लागेकोमा खुसी  व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘तारानाथ काफ्ले आफैमा एउटा पुस्तक हुनुहुन्छ ।  यो पुस्तकले नयाँ पुस्तालाई महत्त्वपूर्ण प्रेरणा प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु । यस पुस्तकले उहाँलाई सधैँ अमर बनाइ  रहनेछ यो पुस्तकको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ 

 ८४ बर्ष उकालो लागेका तारानाथ आफ्नो जीवनको महत्त्वपूर्ण समय जफे गाउँमा शिक्षाको ज्योति छर्दै हजारौँ विद्यार्थीहरूलाई समाजको लागि केही गर्ने सक्ने गरी योग्य बनाउन सफल भएका  व्यक्तिकारुपमा परिचित छन् । 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.