पर्यटनमन्त्री सुदन किरातीले किन गरे २५ पर्यटनदूतको बर्खास्त ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेको छ । पर्यटनमन्त्री सुदन किरातीले निवर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठको कार्यकालमा नियुक्त भएका २५ जना पर्यटनदूतको नियुक्ति खारेज गरेका हुन् ।

मन्त्रीले नियुक्त गरेका विभिन्न मुलुक र सहरहरुमा तोकिएका अवैतनिक पर्यटन दूतको नियुक्ति खारेज गरिदिएका हुन् । मन्त्रालयले तत्कालीन मन्त्रीको कार्यकालमा बनाइएको पर्यटनदूत सम्बन्धी कार्यविधि पनि खारेज गर्दै नयाँ कार्यविधि बनाएको जनाएको छ । नयाँ कार्यविधिले नेपाल बाहिर नेपाल चिनाउन अब बिना पारिश्रमिक पर्यटक प्रवर्द्धक नियुक्त गर्ने बताइएको छ । उनीहरूको पदावधि दुई वर्ष हुनेछ ।

विदेशमा रहेर पर्यटन सम्बन्धी व्यापारमा कम्तीमा १० वर्ष बिताएको, ख्याती आर्जन गरेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, नेपालप्रति सद्भाव र रुची भई नेपालको पर्यटन, खेलकुद, संस्कृति, कला प्रवर्द्धनमा कम्तीमा १० वर्षदेखि क्रियाशील रहेर राष्ट्रिय वा अन्तर्राष्टियस्तरमा ख्याती आर्जेको नेपाली, गैरआवासीय वा विदेशी नागरिकलाई पर्यटन मन्त्रालयले पर्यटन प्रवर्द्धक नियुक्त गर्न सक्ने कार्यविधिमा उल्लेख छ । यसअघि पर्यटन बोर्डले पर्यटन दूत नियुक्ति गर्ने गरेको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.