‘कसैलाई बचाउनु छैन आफैँ अख्तियारमा गएर निवेदन दिनेछु’ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको बताएका छन् । चितवनमा चुनावी अभियानका क्रममा उनले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउदै भ्रष्टलाई जोगाउने पार्टी नभएको बताएका हुन् ।
रास्वपाका सांसद डा। ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि रविलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका लामिछानेले त्यही अडियोलाई चुनावी हतियार बनाउन खोजिएको बताएका हुन् ।
उनले भने, ‘कसैलाई बचाउनु छैन । मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु । मेरै वरपर भएका ती मान्छे को हुन् रु छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ । सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ । म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ ।’ उनले अदालत र निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुखमा पारेर यस्ता चिज आउनुको गहिरो अर्थ भएको बताए । उनले जसले गल्ती गरेपनि कारबाही गर्न सक्ने छाती लिएर हिँडेको बताए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...