‘सबै गरिब घर परिवारमा पाँच वर्षभित्र पानी र बिजुली पुर्याउनेछु’ : गोविन्द भट्टराई
काठमाडौं । तनहुँ १ को उपनिर्वाचनका लागि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका गोविन्द भट्टराईले मेडिकल कलेज स्थापना गर्ने प्रतिज्ञा गरेका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि क्षेत्र केन्द्रित घोषणापत्र सार्वजनिक गर्दै भट्टराईले गरिब परिवारका सबै घरमा पाँच वर्षभित्र खानेपानी र बिजुली पुर्याउने प्रतिबद्धता गरेका हुन् ।
तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले तनहुँमा प्रसूति, क्यान्सर, मृगौला वा बालसम्बन्धी विशिष्टीकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् । जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिबद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशूली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।
व्यास र पुलिमराङ मार्ग, घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिबद्धता उनको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...