नेटवर्किङ व्यवसायबाट लाखौँको ठगी गर्ने ३५ वर्षीय महिला पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेटवर्किङ व्यवसाय गरी ५६ लाखभन्दा बढि ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १४ जना पिडितबाट नगद १७ लाख तीन हजार चार सय र ३६ जना पिडितबाट नगद ३८ लाख १९ हजार चार सय बराबरको रकम‌ ठगी गर्ने काठमाडौं महानगरपालिका–७ चावहिल, गंगाहिटीमा रहेको भिजन ड्रिमरी प्रालिका सञ्चालक धरान उपमहानगरपालिका–१७ की ३५ वर्षीया जुनुकला राईलाई पक्राउ गरेको गरेको हो ।

राईले नेपाली कला र सीपबाट सृजित विभिन्न प्रकारका सामान उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्वीकृति लिई‌ इजाजतको समेत बर्खिलाप हुने गरी १६ देखि २५ बर्ष उमेर समुहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न योजना बनाई वैदेशिक भ्रमण लगायतका लोभन दिई न्यूनतम ११ हजार ३ सयदेखि अधिकतम ५ लाख सम्म तिरी सदस्यता बनाएकी थिइन् ।

राईउपर ठगी सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.