गगन थापा भन्छन् : ‘बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताएका छन् । बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमका सम्बोधनमा महामन्त्री थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका हुन् ।

उनले भने, ‘म यसो बच्चाहरुलाई हेर्छु, मेरो ६ कक्षामा, ४ कक्षामा पढ्ने बच्चालाई तनाव छ, होमवर्क नसकेको तनाव कहिले के तनाव ? अब त्यो ४ कक्षाको बच्चालाई त जीवन भनेको रमाइलो हुन्छ, लाइफमा यो भन्दा पछि नयाँ कुरा सिक्नुपर्छ भन्ने हुन्छ । दौडिने कुरा सिकाउनुपर्छ तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नु हुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनु पर्छ । पहिलोको पछाडि दौडिन सिकाउनु हुँदैन । कहिले काहीँ सेकेण्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन तर त्यसकै पछि दौडाउनु हुँदैन । पहिलोको आशक्त बनाउनु भएन । काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो ।’

बालबालिकाहरुलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरैकुरा सिक्न बाँकी छ भन्नेकुराका सिकाउन जरुरी रहेको थापाको भनाई थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.