उद्योग वाणिज्य महासंघको निर्वाचन पुनः हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन पुनः हुने भएको छ । हिजो भएको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा संघाई, श्रेष्ठसँगै र उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए । अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना जारी छ । ८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको छैन । महासंघको ५७औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्न लागेको हो  ।

महासंघको पदाधिकारीमा एक अध्यक्ष, निवर्तमान अध्यक्ष, विशिष्ट सदस्य, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष रहने व्यवस्था छ । यस्तै, केन्द्रीय सदस्यमा एसोसिएटबाट १९, जिल्ला–नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । यस्तै, प्रत्येक प्रदेशबाट दुई–दुईजनाका दरले १४ जना केन्द्रीय सदस्य रहनेछन्  ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.