महाकाली नदी उत्खननमा नगरप्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध ५ करोड भ्रष्टाचारको मुद्दा

स्टार संवाददाता
स्टार संवाददाता

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली नदीको उत्खनन सम्बन्धी नगरप्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले ५ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, लेखा अधिकृत गोविन्द राज उपाधयाय, इन्जियिनर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरी विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८र०७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानी नोक्सानी भएको ठहर गरेको छ । उक्त ठेक्का भवानी कन्स्ट्रक्सनलाई परेको थियो ।

भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरि नगरपालिकाको राजश्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायलाई सोही बाराबरको बिगो दाबी गरेको छ । यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ कारोड ४७ लाख हानी नोक्सानी गरेको भन्दै सोही बराबरको विगो दाबी गरिएको छ । यसैगरी भवानी कन्स्ट्रक्सनका सञ्चालक इश्वरी प्रसाद भट्ट, केशवराज भट्ट र प्रतिनिधि दिवाकर भट्टविरुद्ध समेत मुद्दा दर्ता भएको छ । उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय र ५ कारेड ४३ लाख बराबरको विगो दाबी गरिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.