शेखर पक्षलाई ३ मन्त्री र एक राज्यमन्त्री दिन देउवाको सहमति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबिच इतर समुहलाई तीन मन्त्री र एक राज्यमन्त्रीको लागि सहमति भएको छ । कांग्रेस भित्र सहमति भएपश्चात थप ५ जना मन्त्री र एकजना राज्यमन्त्रीको नाम तय भएको हो अब कांग्रेसले थप एक मन्त्रालय पाउने भएपछि शेखर पक्षले ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् ।
शेखर पक्षबाट उपसभापति धनराज गुरुङ, मोरङ १ डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्यले मन्त्री बन्ने मौका पाउने भएका छन् । राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्कीको नाम नेताहरूले लिएका छन् । देउवा पक्षबाट यसअघि ४ मन्त्री भइसकेका छन् । अब मोहन बस्नेत र एनपी साउद थपिने बताइएको छ । उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।
महामन्त्री गगन थापाले प्रदीप पौडेललाई मन्त्री बनाउन दबाब दिएका थिए । तर देउवाले नमानेपछि यसमा गगन असन्तुष्ट रहेको बताइन्छ । कोइराला पक्षले कम्तीमा ३ मन्त्री माग गरेका कारण यसअघि शपथग्रहण हुन सकेको थिएन ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...