ढाकाकुमार श्रेष्ठको ठाउँमा बिन्दाबासिनी कंसाकारलाई सिफारिस गर्ने रास्वपाको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको पद रिक्त हुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सांसदमा बिन्दाबासिनी कंसाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा एसिडपीडित बिन्दबासिनी कंसाकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको सभापति रवि लामिछानेले जानकारी दिए । रास्वपाले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो बाहिरिएपछि विवादमा तानिएका श्रेष्ठलाई रास्वपाको केन्द्रीय समिति बैठकले बुधबार कारबाही गरेको हो ।

तर, राजनीतिक दलसम्बन्धी ऐनमा दुई अवस्थामा मात्र सांसद पद जाने व्यवस्था छ । पार्टीको ह्वीप उल्लंघन गरेका र दल त्याग गरेका सांसदको मात्र सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णय र सिफारिसबाट पद रिक्त हुने व्यवस्था छ । अनुशासनमा कारबाही गर्ने रास्वपाको निर्णयलाई सांसद श्रेष्ठले कानुनी रूपमा अदालतमा चुनौती दिन सक्नेछन् ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.