सरकारले गर्यो जुगल हिमालमा आरोहण खुला गर्ने निर्णय


काठमाडौं । सिन्धुपाल्चोकको जुगल हिमालका हिमचुलीहरूमा पर्वातारोहण खोल्ने सरकारको निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भर्जिन हिमालको उपमा पाएको जुगल हिमालका हिमचुलीहरूमा पर्वातारोहण खोल्ने निर्णय गरेको हो ।
जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमाल रेन्ज भित्रको दोर्जे लाक्पा, फुर्बा घिप्चे लगायतका हिमचुचुराहरु छन् । यो हिमश्रृंखलामा दुई दर्जनभन्दा बढी चुचुरा अध्ययनले देखाएको छ । जुगल हिमालको बेस क्याम्प बुम्बासेर्पुङयांखर्क हो ।
जुगल हिमाल आरोहण खुला भएपछि सिन्धुपाल्चोकमा नयाँ पर्यटकीय रुट खुल्ने पर्यटन व्यवसायीहरुको अपेक्षा छ । जुगल हिमालसहित यस क्षेत्रमा पर्ने ने–पेमासाल चौर पर्यटकहरुको लागि नयाँ गन्तव्य हो ।
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’
काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार संसद सचिवालयमा पत्र...
गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...
कर्णाली सरकारको खर्च ३३ प्रतिशत
काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...
विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...