‘प्रदेश संरचना आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्न’ : अध्यक्ष थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दोरुपमा धराशायी हुने तर्फ गइरहेको तर सत्तासीन दलहरु यसतर्फ उदासीन भएको आरोप लगाएका छन् । केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले गम्भीर रुपमा बहस छलफल हुनुपर्ने विषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । 

प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको उनको जिकिर छ । थापाले भने, ‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ  । तलब भत्ता खान ऋण लिनुपर्ने भयो ,यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन  ।  खारेज गर्नुपर्छ  ।’  मुलुकमा सबै क्षेत्रमा बेथिति र विसङ्गति हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गएर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रवादी प्रजातान्त्रिक र हिन्दु बादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए । 

राप्रपा नेपालले अङ्गीकार गरेको वैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधीनता,लोकतन्त्र र आर्थिक समृद्धि हुने भएकोले तल्लो तहमा जान नेता कार्यकर्तामा आग्रह गरे ।  पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आवश्यकता भएकोले उच्च मनोबल सहित सङ्गठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए । बैठकमा महामन्त्री त्रय भास्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र सङ्गठन सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए भने । जिल्ला अध्यक्षहरूले जिल्लाको  बस्तुस्थितको बारेमा जानकारी गराएका थिए । 

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.