आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए शपथ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बनेका छन् । उनले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एकीकृत समाजवादीकै प्रकाश ज्वाला यसअघि नै मन्त्री भइसकेका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डाअनुसार नेपाली कांग्रेसले अर्थसहित आठ मन्त्रालय पाएको छ । जसअनुसार कांग्रेसबाट पूर्णबहादुर खड्का नेतृत्वमा चारजना मन्त्री सरकारमा गइसकेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणअगावै परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । प्रधानमन्त्री प्रचण्डको यो आठौं पटक मन्त्रिपरिषद् विस्तार हो । आजको मन्त्रिपरिषद् विस्तारपछि पनि अझै ५ मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्नुहुने भएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.