बिहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु, २० जनाको अवस्था गम्भीर


काठमाडौं । भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ । राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको हो ।
बिहारको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको मृत्यु भएको र २० जनाको अवस्था गम्भीर रहेको बिहार प्रहरीले जनाएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ भने ६ हजार १ सय १० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ। बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...