ज्ञानेन्द्र शाहीको घोषणा : ‘मेरो मासिक तलबबाट ३ हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्छु’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले खेलाडीका लागि आफ्नो तलबबाट रकम छुट्याउने घोषणा गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले आफ्नो तलबबाट मासिक ३ हजार रुपैयाँ नेपालका खेलाडीका लागि छुट्याउने घोषणा गरेका हुन् ।
उनले भने, ‘यो देशका लागि प्रदेश संरचना आवश्यक छैन, प्रदेश सरकार खारेज गरेर सांसदको संख्या १ सय ६५ बाट १ सय ५ जना प्रत्यक्ष बनाउँ । यो देशमा २ सय ७५ सांसदको आवश्यकता छैन । ८ सय ८४ जना सांसदले १ सांसद बराबर ३ हजार रुपैयाँ यदी खेलाडीलाई दिने हो भने २६ लाख ५२ हजार रुपैयाँ खेलाडीले पाउँछन् । आजबाट म घोषणा गर्छु, मेरो हरेक महिनाको तलबबाट ३ हजार रुपैयाँ खेलाडीका लागि खर्च गर्छु ।’
सोही क्रममा सांसद शाहीले संसदबाटै प्रदेश संरचना खारेजीको मागसमेत गरेका छन् । त्यस्तै, सांसद शाहीले प्रत्येक सांसदको तलबबाट ३ हजार मात्रै छुट्याउने हो भने खेलाडीका लागि प्रश्स्त पुग्ने दाबी गरेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...