काठमाडौं महानगर प्रमुख साहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दामा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । महानगर प्रमुख साहविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने सूचीमा परेको थियो । महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ ।

साथै तत्काल फोहोर सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्ने लगायतका माग अधिवक्ता श्रेष्ठको छ । रिटमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर नउठाएकाले तत्काल संकलन गरी ल्याण्डफिल साइटमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न आदेश माग गरिएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.