‘विद्युत् खपत बढाउन सबैभन्दा उत्तम क्षेत्र कृषि हो’ : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युत् खपत बढाउन सबैभन्दा उत्तम क्षेत्र कृषि रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आयोजना गरेको ऊर्जा सम्मेलन उद्घाटनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा विद्युतको आन्तरिक खपत विस्तार गर्ने विशेष कार्ययोजना आवश्यक रहेको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ६५ प्रतिशत जनता आश्रित कृषि क्षेत्रको आधुनिकीकरण र कुल गार्हस्थ उत्पादनमा योगदान बढाउन हरित ऊर्जाले काम गर्न सक्छ । दोस्रो प्राथमिकता औद्योगिक क्षेत्र हो भने त्यसपछि खाना पकाउने र यातायात क्षेत्रमा खपत बढाउन सकिन्छ । विद्युत् क्षेत्रमा भएको ठूलो लगानीको प्रतिफल रक्षाका लागि निर्यात गर्नु पनि आवश्यक छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रिय समृद्धिका लागि विद्युत् निर्यातभन्दा खपत विस्तारमा बहुआयामिक लाभ रहेकाले सरकार र निजी क्षेत्र दुवै मिलेर कार्ययोजना बनाउन आवश्यक रहेको बताएका छन् । उनले आन्तरिक खपत विस्तारका बाबजुद पनि राष्ट्रिय विद्युत् प्रणालीमा थप रहेको बिजुली निर्यात प्रवर्धन गर्न सरकार सक्रिय रहेको औँल्याएका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...