महोत्तरीमा बस र मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु


काठमाडौं । महोत्तरीमा बस र मोटरसाइकल ठोकिँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो गौशालाबाट बर्दिवास जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका अन्दाजी २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरिले थाहाखबरलाई जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको बर्दिवासस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...