संवैधानिक नियुक्ति बैठकबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेको थिएन। उक्त बैठकमा एमाले अध्यक्ष ओलीले केही विषयमा असहमति जनाउँदा निर्णय नभएको बताइएको थियो ।
परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग एक्लै छलफल गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...