धनगढीको मोहनापुल अत्तरियामा गाडी दुर्घटना : १ जनाको मृत्यु, ५ घाइते


धनगढी । धनगढीको मोहनापुलमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीको मोहनापुल –अत्तरिया ६ लेन सडकखण्डको गोदावरी नगरपालिका–५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको छ । भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल र कारमा सवारहरु धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द घाइते भएका हुन् ।
भारतको हरिद्वार दर्शन गरेर फर्किरहेका तीर्थ यात्री सवार गाडी तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...