‘अहिले दिँदै आएका भत्ताहरु कटौती गरिहाल्छु भन्ने स्थिति छैन’ : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि राज्यबाट वितरण भइरहेका भत्ताहरु कटौतीको बारेमा छलफल भइरहेको बताएका छन् । शनिबार आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भत्ता कटौतीको विषयमा छलफल भएता पनि अहिले नै कटौती गरिहाल्ने स्थिति भने नभएको बताएका हुन् ।
उनले भने, ‘अर्थतन्त्रमा असहज स्थिति छ । सोचेअनुसार राजश्व संकलन भइरहेको छैन । व्यापक खर्च कटौती गर्नुपर्ने देखिन्छ । तर, अहिले दिँदै आएका भत्ताहरु यहीँबाट कटौती गरिहाल्छु भन्ने स्थिति छैन । खर्च कटौती गर्न के के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ ।’
अर्थतन्त्रलाई चलायमान गराएर अघि बढ्न सरकार प्रयासरत रहेको उनको भनाई थियो । अर्थतन्त्रमा समस्या देखिएपनि बाहिर हल्ला गरेजस्तो नेपालको अर्थतन्त्र गम्भीर संकटमा नभएको दावी समेत गरेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...