पाल्पाको जोरधारामा बस दुर्घटना : एक महिलाको मृत्यु, १८ जना घाइते
काठमाडाैं । पाल्पाको तिनाउ गाउँपालिका ५ स्थित जोरधारामा बस दुर्घटना हँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आइतबार बिहान बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारा नजिकै दुर्घटना भएको हो ।
बस भीरमा अड्किएको अवस्थामा रहेकोले अन्य यात्रुहरुको उद्धार भइरहेको जिप्रका पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको छ ।
यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए। तिनाउ गाउँपालिका वडा नं ५ का अध्यक्ष इन्द्रा चिदीले घटस्थलमा पुगिसकेको र घाइतेको उद्धार भइरहेका बताइन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...