आज अक्षय तृतीया, यस्तो छ यसको महत्व !

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइन्छ । जौ र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज दर्शनार्थीहरुको पूजा आराधना र दिन दुस्खीहरुलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरुको भीड लागेको छ । आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ । अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ ।

अक्षय तृतीयामा व्राह्मण, कुलपुरोहित तथा गरिवलाई स्वर्ण सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खालि नहुने कथन रही आएको छ । अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतिक समेत मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौ र चनाको सातु खाने परम्परा रहेको पनि छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.