तनहुँबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले गरे मतदान

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । तनहुँमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट उनले व्यास नगरपालिका स्थित –११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

भट्टराई तनहुँकै मतदाता हुन् । अन्य दुई मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालले भने आफैँलाई मतदान गर्न पाएनन् । उम्मेदवार स्वर्णिम वाग्लेको गृह जिल्ला गोरखा हो भने खनाल काठमाडौंका बासिन्दा हुन् । उनले मतदानपछि सामाजिक सञ्जाल फेसबुकमार्फत मतदान स्थलमा गएर सबैलाई आफ्नो मताधिकारको प्रयोग गर्नसमेत अनुरोध गरेका छन् । उनले भनेका छन् ‘मैले मतदान गरेँ । तपाईं पनि आफ्नो मतदान स्थलमा गएर मताधिकार प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।’

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट सर्बेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा। स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.