मूलपानीमा हुने नेपाल-साउदी अरबको खेल वर्षाका कारण नहुने सम्भावना
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज सोमबार हुने भनिएको खेल नहुने सम्भावना देखिएको छ । नेपाल र साउदी अरबबीचको खेल विहान ९ बजेदेखि सुरु हुनुपर्ने भएता पनि सिमसिमे झरी परेकाले खेल नहुने संभावना बढेको हो ।
बिहान ९ बजे सुरु हुने पर्ने खेल मैदान चिसो भएका कारण सुरु हुन सकेको थिएन । त्यसपछि ग्राउण्ड स्टाफहरूले मैदान सुकाउने प्रयास गरे पनि पानी पर्न थालेको थियो । त्यसपछि मैदान फेरि कभरले ढाकिएको छ । र अहिले पनि सिमसिमे वर्षा भइरहेको छ ।
यतिबेला दुवै टिम तथा घरेलु दर्शक वर्षा रोकिएर खेल सुरु हुने प्रतिक्षामा छन् । तर, अहिलेसम्म वर्षा रोकिने छाँटकाट देखिएको छैन । अफिसियलहरुका अनुसार यदि २ : १५ सम्ममा टस हुन सक्यो भने थोरै ओभरमा घटाएर खेल हुन सक्छ । अन्यथा खेल रद्द हुनेछ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको थियो । एसीसी प्रिमियर कपमा नेपालको एउटा म्याच मात्र यस मैदानमा परेको छ । त्यसैले आज खेल नभएमा मुलपानी मैदानमा नेपालले यो प्रतियोगिता खेल्ने छैन ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...