तनहुँ–१ अपडेट : २५ हजार ३६९ मतगणना हुँदा स्वर्णिम पाँच हजार ५८ मतले अग्रस्थानमा, कांग्रेसका उम्मेदवार गोविन्द पछयाउँदै
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।
दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरी फराकिलो अग्रता कायम राखेका हुन् । कुल २५ हजार ३६९ मतगणना सकिँदा स्वर्णिमले एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि बढी पाएका हुन् । भट्टराईभन्दा वाग्ले पाँच हजार ५८ मतले अगाडि छन् ।
मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत तथा एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...