कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक, कहिले देखि हुँदै छ सञ्चालन ?
काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२\७३\७४\७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा जेठ ९ देखि १८ गतेसम्म सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
त्यसपछिको रजिष्ट्रेशन नम्बर भएका विद्यार्थीको हकमा सम्बन्धित विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्नेछ । बोर्डले पुराना विद्यार्थीको हकमा मात्र परीक्षा सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको हो । कक्षा ११ को नियमित तर्फ जसको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुनेछ उनीहरूको परीक्षा विद्यालयमै गरिनेछ ।
त्यस्तै रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७\७८ र ७९ भएका विद्यार्थी जो परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीको हकमा समेत विद्यालयले नै परीक्षा सञ्चालन गर्नुपर्ने बोर्डले जनाएको छ । परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । बोर्डले केहिबेर अघि नतिजा सार्वजनिक गरेको हो । ...
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको लागि...
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
एसइई मौका परीक्षाको तयारी पूरा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा (ग्रेडवृद्धि) का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका...
लोकसेवाले फेर्यो पाठ्यक्रम
काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरेकाे छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार...
शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने
काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१(०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक...