कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा १३ बालिका पक्राउ
विराटनगर । साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा कालिका माध्यमिक विद्यालयमा अध्ययन १३ जना बालिका पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका ३ मा रहेको विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
सोही विद्यालयमा पढ्ने वर्ष १४ की बालिकालाई स्कुलमा कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको पाइएकाले उनीहरू पक्राउ परेका हुन् । बालिकाहरूले सङ्गठितरूपमा कुटपिट गरी भिडिओसमेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो ।
घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको हो । सामूहिक घटना भएकोले यस बारेमा गम्भीररूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...