सिङगापुर पठाईदिने भन्दै ६ लाख ५० हजार रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सिङगापुर पठाईदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका –१ स्थाई घर भई हाल काठमाडौंको गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको हो ।

मैलानली मिन बहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई राम्रो होटेलमा काम लगाईदिन्छु भनि पिडितबाट पटकपटक गरी ६ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दिउँसो काठमाडौँको बबरमहलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मैनालीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.