प्रतिनिधिसभामा गगन थापाको माग -‘संघीय सरकार र महानगर मिलेर सबै ठाउँमा सिसिटिभी जडान गर्नुहोस्’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसिटिभी जडान गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा महामन्त्री थापाले काठमाडौंमा दिन हाडै हत्या हुने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै सबै ठाउँका सिसिटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको सात दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ । तर, उहाँहरूले ठोस जवाफ पाउनु भएको छैन । आज संयोगले माननीय गृहमन्त्रीज्यू संसद्मा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु । यसको बारेमा विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाइदिनुहोस् । यसको तथ्य सात सात दिनसम्म पनि पत्ता लगाउन सकिएको छैन । यो घटनाको दोषी बाहिर आओस् भन्ने माग गर्दछु । महानगरपालिका, संघीय सरकार मिलेर सिंगो काठमाडौंलाई सेक्युरिटीसँग जोडेर सिसिटिभी जोडेको भए यो घटनाको तथ्य पत्ता लगाइसकेको हुन्थ्यो ।’
महामन्त्री थापाले सो घटनाको सत्य तथ्य तत्काल बाहिर ल्याएर दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...