‘ओलीविरुद्ध नाराबाजी गर्ने पहिचानवादी हुन्, अराजक गतिविधि गर्ने छुट कसैलाई छैन’ : गृहमन्त्री श्रेष्ठ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कोसी प्रदेशको नामको विरोध गर्नेहरुले ढुंगामुढा र कालो झण्डा देखाएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तापक्षकै कार्यकर्ताले नाराबाजी गरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचानवादीले प्रदर्शन गरेको बताएका हुन् ।

विरोधमा उत्रिएकामध्ये एक जना नियन्त्रणमा लिएको र दुई जना घाइते भएको भन्दै गृहमन्त्री श्रेष्ठले प्रहरीले सकारात्मक भूमिकाको साथ काम गरेको बताए । अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसक्ने बताउँदै उनले संविधानअनुसार लोकतान्त्रिक विधिबाट आफ्नो कुरा राख्न सबैलाई छुट भएको स्पष्ट पारे । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज पीडितमाथि काठमाडौंको शान्तिवाटिकामा प्रहरीले बल प्रयोग गर्नु गल्ती भएको स्वीकार समेत गरेका छन् ।

जुनसुकै कारणले मिटरब्याज पीडितमाथि बल प्रयोग गरे पनि त्यो गल्ती भएको भन्दै माफी मागेका छन् । ४ वैशाखमा सिंहदरबार घेराउ कार्यक्रममा जान लागेका मिटरब्याज पीडितलाई शान्तिवाटिकामा प्रहरीले लाठी र पानीको फोहोरा हानेको थियो । आफूले त्यसै दिन विहान बल प्रयोग नगर्न निर्देशन दिएको तर सुरक्षाकर्मीको फिल्ड कमाण्डरसम्म ठीक ढंगले समन्वय नहुँदा बल प्रयोग गरेर गल्ती भएको बताए ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.