कर्मचारीलाई न्यूनतम तलब नदिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । पार्किङ शुल्क उठाउने तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई परिपत्र गर्दै यस्तो चेतावनी दिएको हो ।

विभिन्न स्वास्थ्य संस्थाहरुमा यस्ता कार्य भएको पाइएकाले कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई परिपत्र गर्दै स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ विपरीत कार्य नगर्न अनुरोध समेत गरेको छ ।

सो मापदण्डमा अस्पतालले १० प्रतिशत शैय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने, उनीहरुको निःशुल्क उपचार गर्नुपर्ने, नागरिक वडापत्र अग्रभागमा राख्नुपर्नेजस्ता मापदण्डको व्यवस्था छ । अनुगमनका क्रममा केही अस्पतालहरुले मापदण्डबमोजिम नगरेकाले मापदण्ड पूर्ण पालनाका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.