‘भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ’ : अर्थमन्त्री महत


विराटनगर । अर्थमन्त्री डा. प्रकाश शरण महतले जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई नभएको बताएका छन् । बिहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा अर्थमन्त्री महतले यस्तो बताउदै कर्मचारीलाई इमान्दार, पारदर्शी र समर्पणका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ । मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ । राम्रो गर्न कोसिस गरिराख्नु भएको छ । नियम, कानुनमा उनीले तिर्नुपर्ने कुरा छ भने उनीहरुले तिर्नुपर्छ । हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं । कर्मचारीको कामका आधारमा अर्थ मन्त्रालयले दृष्टिकोण बनाउँछ । कामभन्दा बाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल–माथि लैजाने र ल्याउने काम अर्थ मन्त्रालयले गर्दैन । जिम्मेवारी बहन एउटै मात्र आधार हो । यहीअनुरुप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरुलाई अनुरोध गर्छु ।’
कर्मचारीको मूल्यांकन कामका आधारमा हुने उनको भनाई थियो । डा. महतले समग्रमा पारदर्शी काम गर्नका लागि र सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गर्न आग्रह समेत गरेका छन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...