‘एमालेले तत्काल सरकार टिकाउने र भत्काउने खेती  गर्दैन’ : पोखरेल

स्टार संवाददाता
स्टार संवाददाता

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले तत्काल सरकार टिकाउने र भत्काउने खेती नगर्ने यद्यपि नयाँ केही हुने भए त्यस परिस्थतीलाई नर्कान नसकिने पनि बताएका छन् । महोत्तरीको बर्दिबासमा एमालेको अभियान मिसन ग्रास रुट सम्बन्धी प्रादेशिक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले अहिले सरकार टिकाउने र खसाउने काममा नलाग्ने तर नयाँ परिवेशको सृजना भए त्यसलाई नर्कान नसकिने बताए ।

उनले गत वैशाख १० गतेको निर्वाचनमा एमालेले केही नपाउँदा केही गुमाउन पनि नपरेकाले खुसी र दुःखी हुनुपर्ने अवस्था नरहेको बताए । उनले चितवन र तनहुँमा केही मत कम भए पनि बारामा पार्टीले प्रगति गरेको बताए । देशमा नयाँ झोका, हावाहुरी चलेको भन्दै त्यसले दलीय प्रणाली मजबुत नहुने र एमाले दलीय प्रणालीको विरुद्धमा जाने पार्टी पनि नरहेको उनले स्पष्ट पारे ।

उनले नेपालमा निश्चित उद्देश्य, सिद्धान्त र एजेन्डा बिना हावाको झोँकाको भरमा कुनै पनि राजनीतिक दल टिक्न नसक्ने पनि बताए । विभिन्न हावाहुरी सहेर यहाँ सम्म आएको एमाले परिस्थितिको सामना गर्न अहिले पनि तयार रहेको उनको तर्क छ । वर्तमान सत्ताधारी गठबन्धन आफनै करणीले धराशायी हुने समेत उनले दाबी गरे ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.