सन्दीपको पाँच विकेटमा कतारमाथि नेपालको जित, शनिबार सेमिफाइनल खेल्ने
काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कतारविरुद्ध जित हात पार्दै नेपाल समूह विजेता बनेको हो ।
जितको लागि नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २५.१ ओभरमा अलआउट हुदै ८९ रन बनायो । कतारका लागि जाहीर ईब्राहिम र खुराम शेहजादले समान १५ रन बनाउदा ओपनर कमरान खान ८ रनमा क्याच आउट भए । यस्तै, कतारका प्रमुख ब्याटर इमाल लियानागे ६ रन बनाउदा आमिर फारुक १४ रनमा सिमित रहे । कतारका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ब्याटिङमा खराब प्रदर्शन गरेको नेपालले बलिङ भने उत्कृष्ट गर्यो । नेपालको जितमा स्पिनर सन्दीप लामिछानेले सर्बाधिक पाच विकेट लिए । यस्तै, सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए । त्यसअघि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिएका । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरेका थिए ।
यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११र११ रन बनाए ।बलिङतर्फ कतारका क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । आमिर फारुकले चार विकेट लिदा मुनाविराले २ विकेट लिए भने इक्रमउल्लाह खानले एक विकेट लिए ।
नेपाल ४ खेलमा ३ मा जित र १ मा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहेर समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।नेपालले सेमिफाइनल खेलमा समूह बी को उपविजेतासँग खेल्नेछ । ओमान ४ खेलमा ३ मा जित र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...