सर्वाधिक छिटो १०० विकेटको किर्तिमान राखेका लामिछानेलाई १ लाख नगद पुरस्कार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ओडिआईमा सर्वाधिक छिटो १०० विकेटको किर्तिमान राखेका स्पिनर सन्दीप लामिछानेलाई क्यानले एक लाख नगद पुरस्कार दिएको छ ।

क्यानले बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कतारविरुद्धको म्याचपछि सन्दीपलाई ट्रफी र नगद पुरस्कार हस्तान्तरण गरेको हो । सन्दीपलाई उनको तस्वीरसहितको फोटो फ्रेम र ट्रफी दिइएको छ । कतारविरुद्धको म्याचमा अलराउन्डरको प्रदर्शन गरेका सन्दीप प्लेयर अफ दी म्याच समेत बनेका छन् ।

उनले ब्याटिङमा सर्वाधिक ४२ रन बनाएका थिए भने बलिङमा ५ विकेट लिएका थिए । सन्दीपको उत्कृष्ट प्रदर्शनको बलमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाईनलमा पुगेको छ ।

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...

‘संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्नुपर्छ’

काठमाडौं । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन्...

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् ।   शुक्रबार संसद सचिवालयमा पत्र...

गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने...

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

.