नेशनल बर्न सेन्टरमा उपचारत सांसद भण्डारी आइतबार नेपाल आउने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेशनल बर्न सेन्टरमा उपचारत नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी नेपाल फर्कने भएका छन् । खाना पकाउने ग्यास लिक भई भएको आगलागीबाट गम्भीर घाइते भएका भारतको नयाँ दिल्लीमा उपचाररत सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएसँगै नेपाल आउने भएका हुन् ।

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएसँगै आइतबार बेलुका ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने बताइएको छ । यही फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।

दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो । सांसद भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ४ मा श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.