देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना
काठमाडौं । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको हो ।
पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
यस्तो छ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले...
आजको मौसम : कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी र लुम्बिनीका...
आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले...
यस्तो छ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले...
नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ
काठमाडौं । काठमाडौंको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ परेका छन्...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले...