प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।

आइतबार प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले चितवन २ को उपनिर्वाचनमा विजयी भएका लामिछानेलाई बधाई दिएका छन् । रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला बस्न लागेको रास्वपाको केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

नागरिकता विवादमा सर्वोच्च अदालतबाट भएको फैसलापछि पद गुमाएका लामिछाने वैशाख १० मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित भएका थिए । निर्वाचित भएर आएसँगै उनले सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीभित्र र बाहिर छलफल तीव्र बनाएका छन् ।

कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।   आइतबार प्रदेश प्रमुख...

साढे ८ किलो गाँजासहित महिला पक्राउ

काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...

मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै

काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ ।   आज...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...

वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।   जनकपुरधामको श्रीराम...

बाग्मती किनारमा एक पुरूषको शव फेला

काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ।   आइतबार बिहान ८ बजेतिर...

.