‘प्रहरी समायोजन नहुँदा सुरक्षा व्यवस्था फितलो बन्यो’ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा बढिरहेको भ्रष्टाचार, डकैती, चोरी, अपराध सहितको घटनाको जिम्मेवारी सङ्घीय सरकारले लिनुपर्ने बताएका छन् । आइतबार जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि अनुचित लेनदेन मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको समुद्घाटनमा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको घटना सुनाउँदै यस्तो बताएका हुन् ।
उनले भने, ‘भिआइपीहरूको अगाडि पछाडि सुरक्षाकर्मीको टोली तैनाथ हुन्छन् । तर तिनै भिआइपीको खल्तीबाट पैसा चोरी हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ । म सभामुख थिएँ, गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटिदियो । म मुख्यमन्त्री भएर भर्खर गएको थिएँ बिहीबार । मेरै घरको दुई किलोमिटर बगलमा उपेन्द्र जीको विजय जुलुस आयो । म त्यहाँ गएँ । त्यो दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो । योभन्दा पहिले म सभामुख थिएँ । कुनै ठाउँमा घटना घट्थ्यो । प्रदेश सभा सदस्यले आवाज उठाउनु हुन्थ्यो, म रुलिङ गर्थे । पछि गृहमन्त्रीलाई सोध्दा त घटना थाहै हुँदैनथ्यो ।’
जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा विजय भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएको बेलामा पनि आफ्नो खल्तीबाट पैसा चोरिएको घटना यादवले सुनाए । सुरक्षा घेरा बिचमा रहने मुख्यमन्त्रीको गोजीबाट दिउँसै पैसा गायब हुनुले सङ्घीय सरकारको सुरक्षा व्यवस्थालाई प्रस्ट पारेको आरोप समेत लगाएका हुन् ।
उनले मिटर ब्याज पीडित भन्दा पनि आफू बढी पीडित रहेको बताए । उपप्रधान र गृहमन्त्रीलाई बिन्ती गर्दै मुख्यमन्त्री यादवले सङ्घीय सरकार कर्मचारी र प्रहरी समायोजन गरिदिए आफू २४ घण्टा भित्र प्रदेशमा सबै पीडितलाई न्याय दिलाएर दोषीलाई कालकोठलीमा बन्द गरिदिने बताएका हुन् ।
कर्णालीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेश सरकारमा चार जना मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख...
साढे ८ किलो गाँजासहित महिला पक्राउ
काठमाडौं । बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५...
मान्छेमाथि आक्रमण गर्ने बाघको ड्रोन र हात्तीको प्रयोग गरि खोजिँदै
काठमाडौं । ड्रोन र हात्तीको प्रयोग गरि मान्छेलाई आक्रमण गर्ने बाघको खोजी गर्ने तयारी गरिएको छ । आज...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहले गरे दाबी पेस
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । आज बिहान बसेको कांग्रेस संसदीय...
वर्तमान गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् । जनकपुरधामको श्रीराम...
बाग्मती किनारमा एक पुरूषको शव फेला
काठमाडौं । ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा एक जना पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजेतिर...